१३ वर्षीय बालकले स्कुल बस चलाए, बस र चालक प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडकमा गम्भीर लापरबाही गर्ने स्कुल बससहित त्यसका चालकलाई पक्राउ गरेको छ ।

एन्जल निम्न माध्यमिक विद्यालयको बस शुक्रबार बिहान करिब १० बजे वीरगन्ज–पथलैया सडकखण्डको जितपुर सिमरा–१ स्थित सडकमा बालकले चलाएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

बा४ख ३९६१ नम्बरको उक्त बस चलाउने जितपुर सिमरा–१ दशधुरेका १३ वर्षीय बालक सिलिप पासवान र बसचालक महोत्तरी खयरमार घर भई हाल अमलेखगन्ज बस्दै आएका ३६ वर्षीय लोकमान मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको खबर अाजकाे राजधानी दैनिकमा छ ।

पासवान उक्त बसको सहयोगीका रूपमा कार्यरत रहेको र शुक्रबार चालक मोक्तानले विद्यार्थी छोडेर फर्कने क्रममा पासवानलाई बस चलाउन दिएको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा लापरबाही गर्ने चालक र बालक दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरामा आवश्यक कारबाहीका लागि पठाइएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com