टीपीएसबाट ग्रिनकार्ड ! विशेष रिसर्चपछिको विशेष लाइभ मंगलबार बेलुका ७ बजे


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत देशनिकालाको डरविना काम गर्ने पाउने सुविधा सहित अमेरिकी सरकारले दिएको टीपीएसको म्याद अबको झण्डै १० महिनामा सकिदैछ । यो अवस्थामा टीपीएसबाट पुरानै स्टेटसमा फर्कने, ग्रिनकार्डको बाटोमा जाने वा अन्य तरिकाबाट देशनिकाला हुनबाट बच्ने सन्दर्भमा नेपाली टीपीएस बाहकहरुमा अन्यौल सृजना भएको छ ।

टीपीएसबाट ग्रिनकार्ड प्राप्त गर्ने सन्दर्भमा न्युयोर्कका कानुन व्यवसायी केशव राज सेडाईले एक ब्यापक रिसर्च गर्नुभएको छ । यसबारेमा न्युयोर्क समय अनुशार आगामी मंगलबार बेलुका ७ बजे लाइभ प्रशारण गरिने भएको छ । खसोखासको फेसबुक पेजमा गएर लाइभ हेर्न सकिनेछ ।

लाइभमा टीपीएसबाट कसरी ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ लगायतका विषयमा विशेष अनुसन्धानमुलक वार्ता प्रशारण गरिने भएको छ । यो बाहेक अन्य इमिग्रेशन अपडेटबारे पनि दर्शकहरुले जानकारी लिन सक्ने भएका छन् ।

कानुन व्यवसायी सेडाईले भन्नुभयो – ‘टीपीएसबाट कसरी ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा मैले खास रिसर्च गरेको छु । यसबाट नेपालीहरुले पनि फाइदा लिनसक्ने अपेक्षा रहेको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com