कुवेतमा एक नेपालीको असामयिक निधन


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

कुवेतमा एक नेपालीको हृदयघातबाट निधन भएको छ ।सुनुवार सेवा समाज कुवेतका अध्यक्ष समेत रहेका गुण बहादुर सुनुवारको दिउँसो १२:४० मा हृदयघातका कारण असामयिक निधन भएको हो ।

बिहानै देखि अस्वस्थ महसुस गर्दै अस्पताल जान बाहिर निस्केका गुण बहादुर आफ्नै निवास नजिकै रोडमा लडिरहेको अवस्थामा भेटिएका थिए ।कुवेत प्रहरीले कुवेतको अदान हस्पिटलमा पुर्‍याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो ।मृतक अध्यक्ष गुण बहादुर सुनुवारको शव अदान हस्पिटलमै राखिएको भएपनि केही समयपछी फर्वानिया अस्पताल रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com