सामाजिक संजालमा भाईरल बन्दै कुल्फीवाला मनकुमार राई


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

नाच्दै गाउँदै अनौठो पाराले कुल्फि बेच्छन् मन कुमार राई । विगत एक बर्षदेखि कुल्फि बेच्दै आएका मन कुमार राई यो भन्दा अगाडि बदाम बेचेर आफ्नो गुजारा चलाउँथे । आफ्नो कुल्फि बेच्ने नयाँ तरिकाको कारण दिनानुदिन भाईरल बन्दै गइरएका मन कुमार राईको आफ्नै दुःखद् कथा रहेको छ ।

मुटुमा समस्या देखेपछि उनले नाच्दै कुल्फि बेच्न थालेको बताउँछन् । उनी भन्छन् निकै औषधी उपचार गर्दा पनि रोग निको भएको थिएन तर नाच्न थालेपछि अहिले  मुटुको समस्या छैन ।  डक्टरले हिडडुल र काम गर्ने सल्लाह दिएपछि उनले आफ्नो कुल्फि व्यापार सुरु गरेका हुन् । ३२ बर्षका मनकुमार आफू अविवाहित र काठमाडौँमा एक्लै डेरा लिएर बसेको बताउँछन् ।

दिनभर कुल्फि बेचेर दिनमा १००० जति कमाउने उनले बताए । साच्चै नै मन कुमार राई हामी सबैको लागि एक प्रेरणा दिने व्यक्ति बनेका छन् । कसैको देखासिकी नगरी र कसैबाट प्रभावित नभई आफैंले कुल्फिको गीत निकालेर गाउन थालेको उनले बताए । निकै दुःख र परिश्रम गरेर आज यसरी एउटा कुल्फि व्यापार गर्दै हिडेका मन कुमार राईको सबैले प्रशंसा गरेका छन् । उनको कला र कामबाट प्रभावित भएर हास्य कलाकार विल्सन विक्रम राई उनलाई नगद रु. ३३००० समेत सहयोग गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com