Follow @khasokhasmag

भाई पैसा कमाउन विदेशमा, दाई घरमा बुहारीसँग मस्तीमा


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

आजको कलियुगमा हाम्रो समाजमा नैतिकता भन्ने संस्कार हराउन थालेको छ ।

हाम्रो समाजमा भाई बुहारीले जेठाजुलाई सिधा हेर्न पनि पाईदैन् । जेठाजू र बुहारीको सम्बन्धलाई पवित्र मानिन्छ । तर यो कलियुगमा यहाँ एक जेठाजूले बुहारीसँग मस्ती गर्दै आएको खुलासा भएको छ ।

भारतको यूपी प्रान्तको जौनपुरमा भाई विदेश गएको मौकामा दाईले बुहारीमाथि अवैध सम्बन्ध राख्दै आएको खुलासा भएको हो । यो खुलासा प्रहरीले एक महिनापछि गरेको छ ।

प्रहरीका अनुसार जौनपुरको मोहरिया गाउँमा आमा संगीता र जेठा बा रमेश पटेललाई छोरा आर्यनले राति मस्ती गर्दै गरेको आपत्तिजनक अवस्थामा देखेपछि यो घटना बाहिर आएको हो ।

संगीता र रमेशलाई आपत्तिजनक अवस्थामा देखेपछि सम्बन्ध बाहिर आउने डरले उनीहरुले छोरा आर्यनको घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि आर्यनको खोजी गर्ने क्रममा यो सम्बन्ध बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संगीताका पति ३ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा बाहिर छन् । छोराको हत्या गरेर लासलाई संगीताले जेठाजूसँग मिलेर नजिकैको पोखरीमा लगेर फालेकी थिईन् ।

त्यसपछि उनीहरुले छोरा हरायो भनेर प्रहरी चौकीमा खोजीदिन निवेदन दिएका थिए । प्रहरीले तिव्र खोजतलास गर्दा आर्यनको शव पोखरीमा भेटिएको इन्सपेक्टर आर के सिन्हाले बताएका छन् ।

प्रहरीले संगीताको छोरा खोज्दा उनीमाथि कडा निगरानी राखेको थियो । सोधपुछ तिव्र पारेपछि संगीताले आफै मुख खोलेर छोराको हत्या गरेको बताएकी थिईन् । त्यसपछि जेठाजूसँग मस्ती गरेको घटनापनि भनिन् ।

प्रहरीले यो घटना पत्ता लगाउन एक महिना लगायो । घटनाको सबै सत्य तथ्य बाहिर आएपछि जेठाजू रमेश बुहारी संगीतालाई प्रहरीले पक्राउ गरी अदालतमा ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता गरिएको इन्सपेक्टर सिन्हाले जानकारी दिएका छन् । उनका अनुसार संगीता र रमेशलाई कम्पतीमा पनि १० वर्षको जेल सजायँ हुन सक्छ ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com