अर्थमन्त्री परिवर्तन गर्ने सोंच अहिले नै बनिसकेकाे छैन्-दाहाल


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्थमन्त्री परिर्वतन गर्ने सोंच अहिले नै बनाईनसकेको प्रष्ट पार्नु भएको छ । अर्थमन्त्रीका बारेमा टिका टिप्पणी भएपनि परिर्वतन नै गर्ने बिषयमा बहस नभएको उहाँको भनाई छ ।

शनिबार गृह जिल्ला चितवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको र त्यसको समीक्षा गर्न पार्टी र सरकार तयार भएको बताउनुभयो ।

करका कारण जनतामा छाएको चिन्तामा सरकार गम्भीर रहेको भन्दैं त्यसमा समीक्षा हुने अध्यक्ष दाहालले बताउनुभयो । करका कारणले संघीयता धरापमा प¥यो भनेर दाहालले बोल्यो भनि गरिएको प्रचारमा सत्यता नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकारले राम्रोसँग काम गर्न नसकेको अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले विप्लव नेतृत्वको नेकपाले राजनीतिक भन्दा पनि आतंक मच्चाउने हिसाबले गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले आफ्नो आसन्न भारत र चीन भ्रमण देशको विकास र सम्वृद्धिका लागि उचित प्रकारको वातावरण र सम्वन्ध बनाउनमा केन्द्रित हुने बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com