यस वर्षको अन्तिम सूर्य ग्रहण आज,यी कुरामा ध्यान दिनुहोस्


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

काठमाडौं । सन् २०१८ को अन्तिम सूर्य ग्रहण आज लाग्दैछ । आज लाग्ने सूर्य ग्रहण नेपालमा भने देखिने छैन । ३ घण्टा ३५ मिनेट लाग्ने आंशिक सूर्य ग्रहणलाई उत्तर अमेरिका, उत्तर पश्चिमी एशिया, दक्षिण कोरिया, मस्को र चीन लगायतवाट अवलोकन गर्न सकिनेछ ।

यस अघि, सुर्य ग्रहण फेब्रुअरी १५ र जुलाई १३, २०१८ मा लागेको थियो । बेलायतमा आंशिक सुर्य ग्रहण बिहान ८ः ५० मा सुरु हुनेछ । अब अर्को, सुर्य ग्रह ग्रहण अर्को वर्ष जनवरी ६ २०१९ मा मात्र लाग्ने नासाले जनाएको छ । नासाका अनुसार दोस्रो जुलाई २ र तेस्रो २६ अगस्त,२०१९ मा लाग्नेछ । यसै बिचमा, डिसेम्बरमा चन्द्र ग्रहण पनि देखा पर्नेछ जुन नेपाल लगायतका देशहरुमा हेर्न पाईने भएको छ ।

ज्योतिषका अनुसार, आज लाग्ने सुर्य ग्रहणले विशेष गरेर सिंह, वृश्चिक, तुला र र कुम्भ राशि भएका मानिसहरुमाथि केही प्रभाव पार्न सक्छ। यो सूर्य ग्रहण आंशिक हुनेछ र नेपाल लगायतका देशहरुमा कुनै खास प्रभाव हुनेछैन । ग्रहण नदेखिए पनि ज्योतिषीय प्रभाव भने बराबर पर्ने ज्योतिषहरुले जानकारी दिएका छन । सूर्य ग्रहणबाट खाश गरेर नक्षत्र र राशिमा खाश असर पर्ने देखिएको छ ।

के गर्ने, के नगर्ने

चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१ यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४ पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com