आफ्नै श्रीमानद्वारा यी चर्चित गायिका रेशमाको गोली हानी हत्या


प्रकाशित मिति : श्रावण २५, २०७५ शुक्रबार

उत्तर–पश्चिमी पाकिस्तानकी चर्चित गायिका तथा रंगमञ्च अभिनेत्री रेशमाको श्रीमान् फैदा खानले गोली हानेर हत्या गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। जग्गा विवादका कारण गायिकाका श्रीमानले उनको हत्या गरेका बताइएको छ। केही समयदेखि उनीहरूको सम्बन्ध राम्रो नभएको र गायिका रेशमा आफ्नो भाइको घर खैबर पख्तुनख्वाको हाकिमबादमा बस्दै आएको थिइन्।

विवाद मिलाउन भन्दै ससुराली गएका खानले कोठामा छिर्ने बित्तिकै रेशमामाथि गोली चलाएको उनका भाइले स्थानीय प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। गोली लागेर गम्भीर घाइते भएकी रेशमाको घटनास्थलमै मृत्य भएको हो। यो घटना अगस्ट १ मा घटेको भए पनि ढिलो गरी सार्वजनिक भएको हो। खान विदेशमा बस्दै आएको र स्वदेश फर्केपछि रेशमालाई आफूसँग घरजान आग्रह गर्दा उनले अस्वीकार गरेपछि उक्त घटना भएको बताइएको छ। रेशमा खानकी चौँथी श्रीमती थिइन्। यो पाकिस्तानी महिला कलाकारमाथि भएको १५औँ घटना हो। यसअघि सोही ठाउँमा फेब्रुअरी ३ मा एक महिला कलाकालाई पार्टीमा नाच्न नमानेको भन्दै गोली हानी हत्या गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com