अब हुने भए ६ किसिमका पासपोर्ट


प्रकाशित मिति : श्रावण २५, २०७५ शुक्रबार

सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ ।

हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ ।

थपिने दुई प्रकारका राहदानीमा सर्भिस पासपोर्ट र सिम्यान्स पासपोर्ट छन् ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था गरिएको छ ।

पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्ट का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com