प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव लैजान नेतृत्वलाई दबाब


प्रकाशित मिति : मंसिर ६, २०७३ सोमबार

एमालेका युवा नेताहरूले सरकारले संविधान संशोधनको प्रस्ताव ल्याए प्रत्यक्ष कार्यकारीको पक्षमा उभिन नेतृत्वलाई सुझाव दिएका छन् । मुलुकमा राजनीतिक स्थिरता नहुँदा कुनै पनि सरकारले राम्रो काम गर्न नपाएको भन्दै अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिन नेतृत्वलाई सुझाव दिएका हुन् ।

‘संविधान संशोधनको एजेन्डा आउँछ भने एमालेले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव लैजानुपर्छ, थ्रेसहोल्डका पक्षमा दृढताका साथ उभिनुपर्छ,’ युवा संघ नेपाल केन्द्रीय प्रचार विभागले आइतबार आयोजना गरेको संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक कार्यक्रममा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘संशोधनको मुद्दा सधैं अराजकताभित्र आफ्नो अस्तित्व खोज्नका लागि उठाइएको प्रस्ट भइसकेको छ ।’ उनले संविधानसभामा एमाले शीर्ष नेताहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दालाई दह्रोसँग अडान नलिएको भन्दै आलोचनासमेत गरे ।

‘हाम्रा शीर्ष नेताले पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा अडान लिएनन्, किन देशैभर मत माग्दै हिँड्ने कष्ट गर्ने ? जुवाजस्तै च्याँखे थापेरै प्रधानमन्त्री बनौंला भनेर अडान लिएनन्,’ भट्टराईले भने, ‘हिजो सहमतिका साथ संविधान जारी गर्न त्यसो गरियो, अब संशोधन गर्ने हो भने स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ ।’

भट्टराईले पहाडबाट तराई अलग गर्ने र अंगीकृत नागरिकलाई संवैधानिक पद दिने विषयमा एमाले यो जुनीमा सहमत नहुने उद्घोषसमेत गरे । ‘जेजे विषयमा संशोधनका कुरा आएका छन्, ती कुरा नेपाली जनताको नाडी छाम्न ल्याइएको हो, सबै प्रस्ट भए हुन्छ, तराई–पहाड अलग–अलग गरेर प्रदेश निर्माण गर्ने विषयमा एमाले यो जुनिभर सहमत हुनसक्दैन, यस्तो कुरामा सहमत गराउने काममा प्रधानमन्त्री नलाग्नोस्,’ भट्टराईले भने, ‘अहिले ल्याइएजस्तो नागरिकता र सीमांकनको मुद्दामा एमाले सहमत हुन्न, आफ्नो हात काटेर अर्कालाई पोस्ने काम हामी गर्दैनौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अंगीकृत नागरिकको विषयमा तराई मधेसमै विरोध भइरहेको भन्दै नेपालमा रहेका आदिवासीलाई माइनस गर्दै आप्रवासीलाई अधिकार सम्पन्न बनाउन नसकिने बताएका राजधानीमा खबर छ । भट्टराईले मुलुकविरुद्ध भइरहेको षड्यन्त्र चिर्न एकताबद्ध एमालेको आवश्यक रहेको भन्दै सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । ‘एमालेलाई कमजोर पार्न कुन प्वालमा औंला छिराउने भनेर हेरिरहेका छन्, यस्तो बेला हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com