सरकारद्वारा प्रदेश प्रमुख सचिव हेरफेर : एक, तीन र पाँच प्रदेशमा प्रमुख सचिवको पदस्थापन


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

सरकारले प्रदेश प्रमुख सचिव हेरफेर गरेको छ । बैठकले प्रदेश एक, तीन र पाँचमा प्रमुख सचिव पठाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सह–सचिवलाई बढुवा गर्दै प्रदेश सचिवमा पदस्थापन गरेको छ । प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाललाई बढुवा गर्दै प्रमुख सचिव बनाइएको छ भने प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गर्दै प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई कायमुकायम तोक्दै प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

त्यसैगरी प्रदेश नम्बर ३ को प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ । आर्थिक बर्ष २०७५–७६ का लागि बर्षे धानको न्युनतम समर्थन मूल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्वीन्टल कायम गर्ने निर्णय गरेको छ ।

सरकारले साविकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य अबदेखि सम्बन्धित गाउँ, नगर, उपमहानगर वा महानगरपालिकाहरुको वडा कार्यलयहरुबाट उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले बर्षे धानको मूल्य तोकेको छ । त्यसैगरी सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गरेर पोखरा महानगरपालिका मात्रै कायम गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com