अमेरिकाको गैरआप्रवासी भिसा आवेदकलाई सोध्न थालियो नयाँ प्रश्न


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

अमेरिकाको गैरआप्रवासी भिसा आवेदकलाई भिसा अन्तरवार्ताका क्रममा अमेरिकी कन्सुलेटहरुमा नयाँ प्रश्नहरु सोध्न थालिएको छ । खासगरी अस्थायी कामदार भिसामा अमेरिका आउनका लागि आवेदन दिनेहरुलाई अप्रत्यासित प्रश्न सोध्न थालिएको जनाइएको छ ।

ट्रम्प प्रशासनको ‘हायर अमेरिकन’ आदेश पालना गर्दै कन्सुलेट अफिसहरुमा ‘तपाईले गर्न खोजेको काम किन अमेरिकनले गर्न सक्दैनन् ?’ भनेर सोध्न थालिएको छ । चित्तबुझ्दो जवाफ नदिएको खण्डमा त्यस्ता आवेदकको भिसा अस्वीकार समेत गर्न थालिएको छ ।

सन् २०१७ को अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनलाई रोजगार दिऔं, अमेरिकन सामान किनौं भन्ने आशयको कार्यकारी आदेश जारी गरेका थिए । अमेरिकी सरकारका अधिकारीले आफूहरुले कार्यकारी आदेशको अनुकुल हुने गरी भिसा कार्यक्रमको समीक्षा गरिरहेको बताएका छन् ।

अमेरिकी कामदारहरुलाई नकारात्मक असर नपर्ने गरी भिसा कार्यक्रमको समीक्षा भइरहेको र यो कुनै निश्चित देश तथा क्षेत्रमा मात्र केन्द्रीत भने नभएको अमेरिकी विदेशमन्त्रालयका अधिकारीले प्रष्ट पारेका छन् । एल भिसा आवेदकको सन्दर्भमा भिसा अन्तरवार्ताका बेलामा यस्ता प्रश्नहरु उब्जने गरेका छन् ।

विश्वब्यापी रुपमा एल भिसा अस्वीकृत तर आर्थिक बर्ष २०१६ र २०१७ मा जम्मा १७ प्रतिशतमात्र रहेको थियो । एल भिसा आवेदकले अब अन्तरवार्ताका बेलामा उनले गर्न जाँदै गरेको काम किन अमेरिकनले गर्न सक्दैनन् भन्ने सन्दर्भमा गतिलो जवाफ पेश गर्नुपर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com