हेटौडास्थित ओम्याक्स सिनेमा हलमा भीषण आगलागी


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

मकवानपुरको हेटौडामा रहेको ओम्याक्स सिनेमा हलमा भीषण आगलागी भएको छ ।

आज बिहान १० बजेदेखि लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सो सिनेमा हलमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने मकवानपुर प्रहरीले जनाएको छ ।

आगो निभाउन हेटौडा र बाराका दुई वटा दमकल प्रयोग गरिए पनि निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङका अनुसार दुईवटा दमकलले आगो निभाउन नसकेपछि वीरगञ्ज र चितवनबाट पनि दमकल मगाइएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय पनि आगो निभाउन सक्रिय भएको बताए । प्रहरीका अनुसार आगलागीमा मानवीय क्षति नभएपनि आसपासमा आगो फैलन नदिन प्रयास भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com