क्यालिफोर्नियाको आगलागी इतिहासकै भयानक


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा फैलिएको आगो इतिहासकै सबैभन्दा भयानक बनेको छ । क्यालिफोर्निया राज्यको इतिहासमा यसपटकको आगलागी सबैभन्दा धेरै क्षेत्रमा फैलिएको स्थानीय अधिकारीले बताएका छन् ।

मेन्डोसिनो कम्प्लेक्सबाट सुरुभएको आगलागी अहिलेसम्म १ लाख १७ हजार ६३९ हेक्टर भन्दा बढी क्षेत्रमा फैलिएकोछ । यो लस एन्जलसको क्षेत्रफल जतिकै हो ।

आगलागी नियन्त्रणमा लिनका लागि अग्नीनियन्त्रकहरु खटिएका छन् । तर अहिलेसम्म एक तिहाई भागको आगो मात्रै नियन्त्रणमा आएको क्यालिफोर्नियाको वन तथा अग्नीनियन्त्रण विभागले जनाएको छ ।

यो आगो पूर्णरुपमा निभाउनका लागि यो महिना (अगस्ट) भरि प्रयास गर्नु पर्ने स्थानीय अग्नीनियन्त्रकले बताएका छन् । अग्नीनियन्त्रकले १८ वटा प्रमुख आगोगका मुस्लासँग संघर्ष गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीव्र गतिमा हावा चलिरहेको छ भने आद्रता निकै कम छ । राज्यको उत्तरी क्षेत्रबाट फैलिएका दुई आगोका मुस्ला क्यालिफोर्नियाको इतिहासमा सबैभन्दा भयानक रहेको बताइएको छ ।

अधिकारीले यसअघि अगस्टको मध्यसम्ममा आगो नियन्त्रणमा लिने बताएका थिए, तर अहिले आएर भने सेप्टेम्बरको पहिलो हप्तासम्म लाग्न सक्ने बताएका छन् ।

आगलागीका कारण ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । अहिलेसम्म ७५ वटा भवन जलेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । आगो निभाउनका लागि १४ हजार भन्दा बढी अग्नीनियन्त्रक खटिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com