बिचौलिया वा दलालसँग जानु छ भने किन प्रहरी हुनु ?


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक आईजिपी मा नियुक्त भएको सय दिन पुरा भएको छ । प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् ।

विगतमा प्रहरीभित्र हुन गरको राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभाव,एआईजी बढुवामा भएको ढिलाई तथा प्रहरीको सेवा अवधिजस्ता विषयमा नागरिक दैनिकका गुणराज लुइँटेल र टपेन्द्र कार्कीले खनासँग गरेको संवादको केहि अंश :

विचौलियाको प्रभाव अत्यधिक छ । नेपाल प्रहरीलाई बिचौलियामुक्त कसरी बनाउनुहुन्छ ?

दलाल, बिचौलिया जस्तोसुकै रुपमा आए पनि उनीहरुलाई प्रवेश निषेध छ । नेपाल प्रहरी सबैका लागि समान छ ।
जसको पहुँच छैन, त्यसको सेवामा नेपाल प्रहरी झन् लाग्नुपर्छ । प्रहरी भइसकेपछि बिचौलिया वा दलालसँग जानु छ भने किन प्रहरी हुनु ? म अहिले आईजिपी भएर मा भनेको होईन, मैले विगतदेखि भन्दै आएको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीभित्र अत्याधिक राजनीतिक हस्तक्षेप छ ?

हस्तक्षेप निम्त्याउने प्रहरी पनि होला, चाहना राख्नु राजनितिक तहमा पनि होला । चाहना राख्ने र निम्त्याउने दुवैका कारणले राजनीतिक हस्तक्षेप भएको हो ।

कतिपय सन्दर्भमा चेन अफ कमान्ड राजनीतिसँग हो कि आईजिपीसँग हो भन्ने छुट्याउन कठिन देखिन्छ नि ?
मैले प्रहरीको नेतृत्व सम्हालेपछि त्यस्तो अवस्था छैन । जहिले सरकार, गृह मन्त्रालय र प्रहरी संगठनबीच कुनै त्यस्तो अन्तरद्वन्द छैन ।
त्यो हुनु पनि हुँदैन ।, आजको नागरिक दैनिकबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com