पत्रकार सम्मेलनमै रोए डा. केसी


प्रकाशित मिति : श्रावण २२, २०७५ मंगलबार

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गरी आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले राष्ट्रिय चिकित्सा विद्येयकलाई कुनै तोडमोड नगरी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । आज राजाधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत डा.केसीले सो माग गरेका हुन् ।

डा. केसीले सरकारले उक्त विद्येयक कार्यान्वयनका क्रममा कुनै छलछाम र तोडमोड गरिएमा आफुहरुले कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन वाध्य हुने चेतावनी समेत उनले दिएका छन् । उनले कुनै बुँदा तोडमोड नगरी चिकित्सा शिक्षा ऐन जारी गर्न समेत आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘सत्याग्रह टुंग्याउने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरु आएर सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधनसहित तथा थप तोडमोड नगरी चिकिस्त्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास लिएका छौं ।

यदि त्यसमा छलछाम भएको खण्डमा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन हामी बाध्य हुनेछौं तर सरकारले त्यो अवस्था आउन दिने छैन र अब कुनै बहाना वा ढिलाई नगरी शीघ्र संसदबाट सो ऐन जारी हुनेछ भन्नेमा हामी विश्वस्त छौ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. केसीले सरकारसँग भएको सहमतिको आठौं बुँदालाई अनुमोदन गर्ने भन्ने प्रतिबद्धतालाई तत्काल पूरा गर्न समेत स्मरण गराएका छन् ।

पत्रकार सम्मेलनमै रोए केसी

डा.केसी आफू अनशन बस्दा जुम्ला र देशका धेरै नागरिक उपचार पाउन बाट बन्चित हुनुपरेको भन्दै रोएका थिए । सरकारले गर्नुपर्ने काम केसिले गरेको र कार्यान्वयन गर्ने जिम्मा अब सरकारको भएको कारण सम्झौता कार्यनयन गर्न समेत उनले आग्रह गरे ।

सरकारले माग सम्बोधन गरेर आफुलाई नियमित काममा पठाउने बिश्वास समेत उनले ब्यक्त गरे । उनले आफुले बसेका अनसनबाट केही पार्टीले फाईदा उठाए पनि आफू राजनीति दलको आग्रहमा अनशन नबसेको दाबी गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com