नेशनल जोग्राफिकको प्रस्पिर्धामा नेपाली चेली अगाडि, मतदानका लागि अभियान


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धामा नेपाली चेली मिरा राई अग्रपंक्तिमा छिन् ।

१० जनाबीच भइरहेको प्रतिस्पर्धामा राईले अहिलेसम्म ४५ हजार ८ सय ८३ मत ल्याएर सबैभन्दा अग्रपंक्तिमा उभ्याएकी छिन् । उनलाई केभ डाइभरले ४४ हजार ४ सय ७३ मतका साथ पछ्याइरहेका छन् ।

भोजपुरमा जन्मिएकी मिरा राई १२ वर्षको उमेरमा स्कूल छोड्न बाध्य भएकी थिइन् भने १४ वर्षको उमेरमा माओवादी छापामार बनेकी थिइन् । माओवादी मूलधारको राजनीतिमा आएपछि उनी ‘अयोग्य लडाकू’ घोषित भएकी उनी अहिले संसारकै प्रतिष्ठित अल्ट्रा म्याराथन रनर बनेकी छिन् ।

कैयौं अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी उनी अहिले नेपाली महिलाहरूलाई अल्ट्रा म्याराथन दौडमा आफूभन्दा पनि माथि पुराउने परोपकारी अभियानमा जुटेकी छिन् ।

मिराबारे थप जान्न र मतदान गर्न यहाँ क्लिक गर्नुहोला । 

संसारभर नेपालको शान राख्दै दौडिरहेकी मिरा राईलाई जिताउन फेसबुकमा अभियान नै चलाइएको छ । डिसेम्बर १६ सम्म हरेक दिन भोट गर्न सकिने यो प्रतिस्पर्धाको अन्तिम नतिजा सन् २०१७ को जनवरीमा सार्वजनिक गरिनेछ ।

cjordisaragossa_sa_5019-ngsversion-1478179466517-adapt-768-1

cjordisaragossa_sa_6137-ngsversion-1478179458336-adapt-885-1

img_0349-ngsversion-1478290337391-adapt-676-1

img_0556-ngsversion-1478290360603-adapt-676-1

mira-dolomites-sky-race-finish-pegasomedia-ngsversion-1478290232183-adapt-768-1

mira-rai-3-ngsversion-1478179449235-adapt-768-1

mira-rai-print-traildeligeroi2014hd-63-ngsversion-1478179447441-adapt-768-1

मिराबारे थप जान्न र मतदान गर्न यहाँ क्लिक गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com