बेलायतमै कुटिए बेलायतका तर्फबाट फोकल्याण्ड लडेका नेपाली भेट्रान


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

बेलायतका तर्फबाट फोकल्याण्डको युद्ध लडेका एकजना ६० बर्षका गोर्खा भेट्रान बेलायतको नटिंघम नजिक कुटिएका छन् । तीनजनाको समुहबाट कुटिएका लोकेन्द्र लिम्बुको उपचार भइरहेको छ । उनले १५ बर्षसम्म बेलायती सेनाको गोरखा रेजिमेन्टमा काम गरेका थिए ।

बेलायतको सेवा गरेका ६० बर्षका आफ्ना पिता बिनाकारण बेलायती भूमीमा नै कुटिनु परेकोमा उनकी छोरीले दुख व्यक्त गरेकी छिन् ।

लोकेन्द्रले जगिङ गरिरहेको बखत तीनजना व्यक्ति अचानक उनी नजिक आएको र तीमध्ये एकजनाले सावेल बोकिरहेको लोकेन्द्रले जनाएका छन् । आफूले डरले सावेलतिर हेरिरहेको बखत अर्को एकजनाले कुटपिट गरेको उनको भनाई छ ।

उनले भने – ‘त्यो व्यक्ति आएर मतिर सावेल उठायो । म डराएर सावेलतिर हेरिरहेको थिएँ । यत्तिकैमा अर्काे आएर मलाई मुख र अनुहारतिर हिर्कायो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुटपिटपछि उनी केहीबेर अचेत भएका थिए । उनलाई त्यसपछि छोरीले अस्पताल लगेकी थिइन् ।

लोकेन्द्रकी छोरी तेजा लिम्बुले भनिन् – ‘उहाँ बेलायती सेनाका भेट्रान हुनुहुन्छ । उहाँले देशको लागि सेवा गर्नुभयो । सधै नियम कानुन मानेर बस्नुभयो । देशको सुरक्षा र सेवा गरेको व्यक्तिलाई ६० बर्षको उमेरमा यही देशमा कुटिनुपर्ला भनेर मैले कहिले सोंचिन ।’

घटनाका बारेमा नटिघमसायर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

बेलायतमा ब्र्रक्जिटपछि आप्रवासीहरुबिरुद्ध विभेद र घृणाका अपराधमा बृद्धि भएको छ । नेपाली मूलका आप्रवासीहरुले पनि विभेद र घृणाका अपराधका घटनाहरु भोग्नुपरेपनि कुटपिटकै अवस्था भने आएको थिएन । अमेरिकामा डोनाल्ट ट्रम्प राष्ट्रपतिमा विजय भएलगत्तै एसियन, अफ्रिकी र मुस्लिम आप्रवासीहरुले घृणा र विभेदका घटनाको सामना गर्नुपरेजस्तै ब्रेक्जिट पछि बेलायतमा पनि यो क्रम बढेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com