१३ बर्षमा नेपालबाटमात्र डिभी लोटरीका ९० लाख आवेदन (ब्रेकडाउनसहित)

सन् २००७ यतामात्र नेपालबाट डिभी लोटरीका ९० लाख आवेदन परेको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकले देखाएको छ । पटकपटक डिभी लोटरी भर्नेहरुको संख्या र उनीहरुका दम्पत्ति छोराछोरीहरुसमेत गरी ९० लाख आवेदन परेको हो । १३ बर्षको अवधिमा नेपालबाट डिभी लोटरीका लागि परेका मुल आवेदनको संख्या पनि झण्डै ३५ लाख रहेको छ ।

आर्थिक बर्ष २००७ मा १८९,४८४ नेपालीले डिभी लोटरीका लागि आवेदन दिएका थिए । उनीहरुका १३७,८४६ दम्पत्ति र छोराछोरीसहित कुल आवेदन संख्या ३२७,३३० रहेको थियो । त्यस्तै आर्थिक बर्ष २००८ मा २२२,४७७ नेपालीले डिभी लोटरीका लागि आवेदन दिएका थिए । उनीहरुका १६७,५१२ दम्पत्ति र छोराछोरीसहित कुल आवेदन संख्या ३८९,९८९ रहेको थियो ।

आर्थिक बर्ष २००९ मा १७०,७१६ नेपालीले डिभी लोटरीका लागि आवेदन दिएका थिए । उनीहरुका १२७,४२५ दम्पत्ति र छोराछोरीसहित कुल आवेदन संख्या २९८,१४१ रहेको थियो । त्यस्तै आर्थिक बर्ष २०१० मा २११,४२१ नेपालीले डिभी लोटरीका लागि आवेदन दिएका थिए । उनीहरुका १४४,७९५ दम्पत्ति र छोराछोरीसहित कुल आवेदन संख्या ३५६,२१६ रहेको थियो ।

चालु आर्थिक बर्ष २०१८ का लागि ७२८,७१८ नेपालीले डिभी लोटरीका लागि आवेदन दिएका थिए । उनीहरुका ४५८,६३२ दम्पत्ति र छोराछोरीसहित कुल आवेदन संख्या ११ लाख ८७ हजार ३५० रहेको थियो । आगामी आर्थिक बर्ष २०१९ का लागि खुलेको डिभी लोटरीका लागि पनि दम्पत्ति र छोराछोरीसहित झण्डै १५ लाख नेपालीहरुको आवेदन परेको जनाईएको छ ।

विस्तृत रिपोर्ट खसोखास म्यागाजिनमा पढ्नुहोला ।

आइतवार, साउन २०, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री