जोशी बिदामा बसेपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाले जिम्मेवारी


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको हैसियतले कायम मुकाय प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि जोशी आजैबाट बिदामा बसेका छन् ।

जोशी बिदामा बसेपछि वरिष्ठ न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा आज मुद्दाको पेशी तोकेर काम शुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।

जोशीलाई समितिले न्याय सम्पादनका क्रममा अदालतमा बसेर स्वतन्त्र, सक्षम र विकृतिहीन न्यायपालिका बनाउन उचित भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएपछि उनी बिदामा बसेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसदीय सुनुवाई विशेष समितिले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीश बन्न अयोग्य ठहर गरेकामा संविधान र कानूनविद पनि विभाजित भएका छन् ।

स्वयं कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले समितिले न्यायालयमाथि ठाडो हस्तक्षेप भएको र यसले न्यायालयमा संवैधानिक संकट उत्पन्न हुन सक्ने जनाएको छ ।

सत्तारुढ नेकपानिकट देखिएका वकिलहरुले भने जोशी अब काममा फर्कन नमिल्ने तर्क गरिरहेका छन् ।

नेकपाका नेताहरुले जोशी काममा फर्किएमा महाभियोगसम्म लाग्न सक्ने चेतावनीयुक्त भाषा पनि प्रयोग गरिरहेका छन् । जोशीको बहिर्गमनपछि भने वरिष्ठताका आधारमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर जवरामध्ये एकलाई संवैधानिक परिषद्ले सिफारिश गर्न सक्ने कानूनी व्यवस्था छ ।

यसअघि न्यायपरिषदले जोशी, मिश्र र राणाको नाम संवैधानिक परिषदमा सिफारिश गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com