आप्रवासी भिसामा अमेरिका छिरेको १२० दिनमा ग्रिनकार्ड


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

अमेरिकामा आउनासाथ ग्रिनकार्ड प्राप्त गर्ने दर्जनौं प्रकारका आप्रवासी भिसाहरु रहेका छन् । जसमध्ये नेपालीहरुका सन्दर्भमा रोजगारमा आधारित, परिवारमा आधारित र डिभी लोटरीमा आधारित भिसा सबैभन्दा चर्चित हो ।

परिवारमा आधारित आप्रवासी भिसाहरुमा अमेरिकी नागरिकका दम्पत्ति, मंगेतर, बच्चाबच्ची र निश्चित नातेदार, अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरी, रोजगारमा आधारित आप्रवासी भिसाहरुमा प्राथमिकतामा परेका एक्स्ट्रा अर्डिनरी कामदार, अतिरिक्त क्षमता भएका र एड्भान्स डिग्री भएका पेशाकर्मीहरुलाई दिइने भिसाहरु रहेका छन् । त्यो बाहेक डिभी लोटरीमार्फत अमेरिका आउनेको संख्या पनि ठूलो छ ।

आप्रवासी भिसामा अमेरिका आउनेहरुको अन्तरवार्ता सम्बन्धित देशमा नै दूतावासले लिने भएकाले उनीहरुले अमेरिका आउनासाथ ग्रिनकार्ड प्राप्त गर्छन् । यदि तपाई आप्रवासी भिसामा अमेरिका आउनुभएको छ र तपाईले आप्रवासी भिसा शुल्क तिरिसक्नुभएको छ भने तपाई अमेरिका आएको १२० दिनभित्र तपाईले ग्रिनकार्ड प्राप्त गर्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई आप्रवासी भिसामा अमेरिका आउनुभएको छ र तपाईले आप्रवासी भिसा शुल्क तिर्नुभएको छैन भने तुरुन्त तिर्नुहोला । शुल्क तिरेको १२० दिनभित्र तपाईले ग्रिनकार्ड प्राप्त गर्नुहुनेछ । यदि तपाईले आप्रवासी भिसा शुल्क तिर्नुभएन भने ग्रिनकार्ड पाउनुहुनेछैन । अध्यागमनले लगाएको स्ट्याम्प १ बर्षको लागिमात्र अद्यावधिक हुने भएकाले त्यसपछि तपाई अमेरिकामा स्थायी बासिन्दा भएको प्रमाणका रुपमा ग्रिनकार्ड पेश गर्नुपर्नेछ ।

आप्रवासी भिसा शुल्क यो लिंकमार्फत तिर्न सक्नुहुन्छ । तपाईले आफ्नो ए नम्बर र डिपार्टमेन्ट अफ स्टेटको केस आईडीहालेर शुल्क तिर्न सक्नुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com