एप्पलको बजार मूल्यदश खर्ब अमेरिकी डलर, विश्वकै सबैभन्दा उत्कृष्ट कम्पनीको रूपमा एप्पल


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

एप्पल दस खर्ब अमेरिकी डलर कम्पनी बनेको छ। यो उचाइ प्राप्त गर्ने एप्पल पहिलो अमेरिकी कम्पनी हो।

यो आकार नेपालको अर्थतन्त्रभन्दा ३७ गुणा ठूलो हो। स्टिभ जब्स सह-संस्थापक रहेको यो कम्पनीले कम्प्युटिङ, संगीत र मोवाइल कम्प्युनिकेसनमा विश्वमै ठूलो परिवर्तन ल्याएको छ।

संसारमा १६ वटा देशको अर्थतन्त्र मात्रै दश खर्ब अमेरिकी डलरभन्दा ठूलो छ। देशहरूको अर्थतन्त्रसँग तुलना गर्दा बजार मूल्य आधारमा एप्पल विश्वको १७ स्थानमा पर्छ। त्यसरी हेर्ने हो यो इन्डोनेसियाका कूल ग्राहस्थ उत्पादनभन्दा पछि र टर्कीभन्दा अघि रहने थियो। नेपालको अर्थतन्त्र भने २७ अर्ब अमेरिकी डलर मात्रै छ। यसको आधारमा नेपालको कूल अर्थतन्त्रभन्दा यो करिब ३७ गुणा ठूलो रहेको छ।

बिहीबार न्युयोर्कमा शेयर बजार बन्द हुँदा यो कम्पनीको शेयर मूल्य २।९ प्रतिशतले बृद्धि हुँदै २ सय ९ अमेरिकी डलर पुगेका थियो। जसले एप्पलको बजार मूल्य दश खर्ब २ अर्ब अमेरिकी डलर पुर्याएको छ। अर्थात कम्पनीको कूल मूल्य तेह्र अंकको बन्न पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि पेट्रोचीन कम्पनी सन् २००७ को अन्त्यमा छोटो समयका लागि दश खर्ब अमेरिकी डलरको रेखा पार गर्न सफल भएको थियो। तर पेट्रोलियम पदार्थको मूल्य घट्ने वित्तिकै यो ऐतिहासिक उपलब्धिलाई उसले जोगाउन सकेन। न्युयोर्क स्टक एक्सचेन्जमा समेत दर्ता रहेको यो कम्पनीको हालको बजार मूल्य २ खर्ब ५ अर्ब अमेरिकी डलर मात्रै छ।

अमेरिकी प्राविधिक बादशह कम्पनीहरू अमेजन, अल्फाबेट र माइक्रोसफ्ट पनि एप्पलभन्दा धेरै टाढा छैनन्। उनीको बजार मूल्य पनि आठ खर्ब अमेरिकी डलरभन्दा बढी छ। एप्पल सन् १९७६ मा शुरुवात भएको थियो। डिजाइन र स्टाइलका लागि विश्वमै ख्याती कमाएकै एप्पलले आफूलाई निरन्तर रुपमा एउटा कम्प्युटरले के गर्न सक्छ भनेर प्रस्तुत गर्दै आएको छ।

प्रविधिलार्इ मानवीय पक्षसँग जोड्न एप्पल सबैभन्दा खप्पिस मानिन्छ। व्यापार मात्र होइन एप्पल उत्पादनहरू म्याकन्तोस, आइपड, आइफोन र आइप्याडले विश्व प्रविधि जगतलार्इ नयाँ मोड दिएका थिए। एप्पलका यी चार उत्पादनलार्इ विश्व डिजिटलाइजेशनमा मुख्य कडीको रूपमा लिइन्छ।

सन् २००७ को शुरुमा स्टिभ जब्सले इफोनलाई बजारमा ल्याएका थिए। टच स्क्रिन, इनबिल्ड म्युजिक प्लेयर, बेब ब्राउजरसहित इमेल क्षमताको यो स्मार्टफोनलाई मोबाइल प्रविधिमा नयाँ फड्को ल्याएको थियो। यसले प्रतिस्पर्धीहरु मोटोरोला र ब्ल्याकबेरीलाई धुलो चटाउन बाध्य पारिदिएको थियो। आइफोन धेरैको अपेक्षाहरुलाई पार गर्दै १ अर्ब ३० करोड वटा बिक्री भइसकेको छ।

यसले सन् २०२१ सम्ममा आफ्नो वार्षिक कमाइ ५० अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरेको छ। अहिले विश्वकै सबैभन्दा उत्कृष्ट कम्पनीको रूपमा तहल्का मच्चाइरहेके एप्पलको असी र नब्बेको दसकमा भने फरक थियो। सन् १९८५ मा तत्कालीन प्रमुख कार्यकारी तथा बोर्डसँग असहमतिपछि जब्सले कम्पनी छाडेका थिए। सन् १९९७ मा कम्पनी टाट पल्टिएर बन्द भयो।

जब्सको निधनपछि सन् २०११ मा पनि एप्पलले संकटको समाना गर्नु परेको थियो। लगानीकर्तामा जब्सको अनुपस्थितिमा कम्पनीअघि बढ्न सक्दैन कि भन्ने चिन्ता थियो। नयाँ नेतृत्वमा अएका टिम कुकले नयाँ उत्पादनलाई अघि बढाए।

जब्सको निधन हुँदा एप्पल ३ खर्ब ५० अर्बको कम्पनी थियो। कुकले आफ्नो पूर्ववर्ती सबैलाई जिते। यसै वर्षको फेब्रुअरीमा ब्लुमबर्गले कुकलार्इ अन्तर्वार्ताका क्रममा एप्पल कहिले दश खर्बको कम्पनी बन्छ भनेर सोधेको थियो। त्यतिबेला कुकले भनेका थिए, ‘मैले यस विषयमा सोचेको छैन।’

सन् १९७७ मा एप्पल छोडेका स्टिभ जब्स पिक्सार, नेक्स्ट कम्पनीसहित फर्किएपछि एप्पलले विश्वमै तहल्का मच्चाउने गरी प्रविधिलाई नयाँ मोड दिएको थियो। पूर्वी दर्शनबाट प्रभावित जब्सले एप्पलका उत्पादनमा जेन बुद्धिजमको दर्शनलाई मिसाएको विश्वास गरिन्छ।

स्ट्यान्डफोर्ड विश्वविद्यालयको सन् २००५ को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘अतृप्तै रहनु, अल्पज्ञानी हुनु।’ नभन्दै २०११ अक्टोबरमा जब्सको निधनपछि एप्पलको नेतृत्वमा आएका कुकले कम्पनीलाई सधैँ ‘केही गर्न बाँकी छ’ भन्दै अघि बढाए। र दश खर्ब अमेरिकी डलरको कम्पनीको उचाई दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com