अस्पतालको शैय्याबाट ईरफानले भने-‘म अब केहि महिना मात्र बाँच्छु’


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

बलिउड अभिनेता इरफान खान ग्लियोब्लास्टोमा नामक क्यान्सरबाट ग्रसीत छन् । लण्डनमा उपचार गराईरहेका बलिउड अभिनेता इरफान खानले हालै एसोसिएटेड प्रेसलाई अन्तरर्वार्ता पनि दिए । जुन अन्तरर्वार्तामा उनले आफ्नो स्वास्थ्य स्थितीवारे पनि थोरै अपडेट गराएका छन् । साथै उनले हलिउड फिल्म पजलको बारेमा पनि थोरै कुराकानी गरेका छन् । जुन फिल्म रिलिजको तिथि नजिक आईसकेको छ ।

इमरानको भनाई अनुसार किमोको छ मध्ये चौथो चरण पुरा भएको छ । छ वटै चरण पुरा भएपछि रिजल्ट पोजेटिभ आयो भने उनको आयु केही वर्ष बढ्ने छ । तेस्रो चरण किमो दिएपछिको रिपोर्ट सकारात्मक आएकाले पनि उनी आशावादी छन् ।

उनलाई लागेको छ । कसैको पनि जीवन ग्यारेन्टी छैन । उनी भन्छन् ‘मेरो मनमा कुरा आईरहेको छ । म बिरामी छु । केही महिनामै म मर्दै छु ।’ त्यसो त उनले अहिले कुनै योजना बनाएका छैनन् । न त कुनै फिल्मको स्क्रिप्ट उनको हातमा छ । उनी भन्छन् ‘म जीन्दगी सच हो या झुट अनुभव गर्दैछु ।’

सुरूमा अाफूलार्इ याे राेगबारे थाहा हुँदा बाँच्ने अाशा नै नरहेकाे पनि उनले सुनाए ।इरफानले भने- ‘उपचार सुरू भएपछि डाक्टरहरूले मेराे उपचारमा कुनै कसर बाँकि राखेनन्, उनीहरू भन्छन् मराे स्वास्थ्यमा सुधार अाइरहेकाे छ र त्याे म अाफैले पनि फिल गरेकाे छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बलिउडमा मौलिक अभिनयमा पक्षपाती मानिने इमरानले दर्जनौ हिन्दी चलचित्रको अतिरिक्त केही हलिउड फिल्ममा पनि काम गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com