जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको पुष्पकमल दाहालको खुलासा


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन् ।
नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमाडौमा आयोजना गरेको संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल बिषयक कार्यक्रममा मोहन बैद्य किरणको पार्टीले २०७० सालको निर्वाचनमा आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका हुन् ।

पहिचान सहितका संघियता र संघियता सहितको संबिधान नारा बोकेर आफुहरु निर्वाचनमा गएको र त्यही बेला आफुमाथि बम प्रहार भएको उनले बताए । पहिचानको नारा बोक्दा बम नै हान्नुपर्ने कारण अझै बुझ्न नसकेको उनको भनाइ थियो ।

दाहालले नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको दाबी गरे । १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको भन्दै उनले सबै जातजाति भाषाभाषी वर्ग समूदायको ऋण आफुमाथि रहेको बोध कायमै रहेको बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन बैद्यले शासनसत्ता र राज्यसत्ता पहिचान सहितको मुद्धामा गम्भीर नदेखिएको बताए । उनले राणाशासन पञ्चायत शासन र अहिलेको शासनमा कुनै फरक नभएको टिप्पणी गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा जनजाती नेताहरुले पहिचानको मुद्धाका लागी निरन्तरको दवाव आवश्यक रहेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com