बंगलादेशमा विद्यार्थी अान्दाेलनकाे उग्र रुप : राजधानी ठप्प


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थी अान्दाेलनमा उत्रिएका छन् । उनीहरुकाे विरोध प्रदर्शनका कारण राजधानी लगायत सहरमा सडकमार्ग ठप्प भएका तथा विमानस्थल समेत प्रभावित भएकाे समाचार त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् ।

आफ्ना सहपाठी विद्यार्थीकाे सडक पार गर्ने क्रममा बसकाे ठक्करबाट भएकाे मृत्युको विरोधमा उनीहरूले बिहीबार लगातार पाँचाै‌ँ दिन पनि सडक आन्दोलन जारी राखेकाे समाचारमा जनाइएको छ । उनीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको बताइन्छ ।

बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण विद्यार्थीकाे निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् ।

‘हामी न्याय चाहन्छौँ,’ जस्ता नारा लगाउँदै विद्यार्थीहरूले मुख्य मुख्य सडकमा प्रदर्शन गरेको स्थानीय टेलिभिजनहरूले देखाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपचारका लागि राजवारी देखि शाहबागको अस्पतालमा आएका एक बिरामी ऐनुद्धिनले भनेका छन्, ‘हो म यतिबेला समस्यामा छु तर विद्यार्थीहरूको आन्दोलन जायज छ । किनभने सडक किनारमा उभिएका बेला बसले किचिदिँदाकाे परिणाम के हुन्छ ?’

सडकमा उत्रिएका विद्यार्थीहरूकाे प्रदर्शन डढेलाेझैँ देशभरि फैलिन थालेकाे बंगलादेशको पत्रिका दी डेली स्टारले लेखेकाे छ । आफ्ना माग पूरा नहुँदासम्म ढाकाको सडकबाट नटड्ने उनीहरुकाे अडान छ ।

राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो बाटाे हिँडिरहेका विद्यार्थीलार्इ बसले ठक्कर दिएकाे थियाे । साे घटनामा दुई जनाको मृत्यु भएको र नौ जना घाइते भएको समाचारमा जनाइएको छ ।

अघिल्लो दिन सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमन विरुद्ध बुधबार झन् हजारौँ विद्यार्थीहरू स्कुल तथा कलेज पोसाकमा सडकमा उत्रिएका थिए । मंगलबार प्रहरीले हस्तक्षेप गर्दा कम्तीमा २० जना घाइते भएका थिए ।

अाक्राेशित आन्दोलनकारीले हालसम्म ७० भन्दा बढी गाडीमा तोडफोड गरेकाे जनाइएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com