नेकपाको पत्रकार संगठनको नाम ‘प्रेस संगठन, नेपाल’


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलको बैठक एकीकृत संगठनको नाम टुंगो लगाएको छ।

बुधबार बसेको कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप रुप दिनुका साथै नामको पनि टुंगो लगाएको छ। एकतापछि बन्ने एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ अग्रेजीमा Press organisation, Nepal (PON) राख्ने निर्णय भएको बैठकपछि दुवै संगठनका महासचिवद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ।

बैठकले अन्तरिम कालका लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ।

त्यस्तै केन्द्रीय समिति, अध्यक्ष र महासचिव सहित २ सय २५ सदस्सीय, प्रदेश समिति, अध्यक्ष र सचिवसहित १ सय २५ सदस्सीय, जिल्ला समिति, अध्यक्ष र सचिवसहित ३५ सदस्सीय र शाखा समिति अध्यक्ष र सचिवसहित ९ सदस्सीय हुने पनि बैठकले निर्णय गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै बैठकले आगमी तीन दिनभित्रमा दुबै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूचीसहित पार्टीमा पार्टीलाई कार्यदलले संगठन एकताको लागि सिफारिस गर्ने निर्णय गरिएको छ।

बैठकमा पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थीति थियो ।

यसैगरी बैठकमा पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, महासचिव बिष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारी नेपालका महासचिव राजेश राईको उपस्थीति रहेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com