ह्वाइहाउसबाट यो घरमा सर्दैछन् ओबामा


प्रकाशित मिति : मंसिर २, २०७३ बिहीबार

अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल आगामी जनवरीमा समाप्त हुँदैछ । कार्यकाल समाप्त भएपछि ओबामा वासिंटन डिसीकै एउटा घर भाडामा लिएर सर्नेछन् ।

ह्वाइटहाउसको चमकदमकबाट ओबामा साधारण घरमा सर्न लागेका हुन् । ह्वाइटहाउस नजिकै रहेको यो घर ८२ सय स्क्वायर फिटमा फैलिएको छ । ह्वाइटहाउसबाट यो घर झण्डै १० मिनेट ड्राइभ र दुई माइलको दुरीमा रहेको छ । ओबामा सर्ने घरमा ९ वटा बेडरुम र १० वटा बाथरुम रहेका छन् ।

छोरीको पढाइबारे चिन्तित रहेका ओबामाले अर्को बर्ष छोरी सासाको हाइस्कुल ग्रयाजुएट नसकिदासम्म वासिंटन डिसीमा नै बस्ने योजना बनाएका छन् ।

६ मिलियन डलर मूल्यको यो घरको मासिक भाडा २२ हजार अमेरिकी डलर रहेको छ । यो घर बिल क्लिन्टनका तत्कालिन सल्लाहकार जो लोकहार्टको हो ।

ओबामा सर्ने घरबारे थप जान्न यहाँ क्लिक गर्नुहोला । 

तस्विर : न्युयोर्क टाइम्स र हफिंगटन पोष्ट

26obama-web1-master768

26obama-web2-master675

582a1a2b1800002a0030df7f

582a1a4b1800002a0030df80

582a1a6a1500001304b0ce23

582a1a89180000f70350410f

582a1a591500002600b0ce21

582a1a791500001304b0ce24

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com