भारतमा आरक्षणको आन्दोलन


प्रकाशित मिति : श्रावण १५, २०७५ मंगलबार

मराठा समुदायलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै भारतको महाराष्ट्रमा शुरु भएको आन्दोलन उग्र बन्दै जाँदा हिंसात्मक रुप लिएको छ ।

आन्दोलनका क्रममा एक सयबढी बसमा आगजनी, प्रहरीमाथि आक्रम हुनुका साथै एक व्यक्तिले गुडि रहेको रेलको अगाडि हाम फालेर आत्महत्यासमेत गरेका छन् । औरंगावादमा प्रमोद होरे पाटिलले फेसबुकमा स्टाटस राखेर रेलको लिकमा हामफालेर आत्महत्या गरेका हुन् । उनको शव सोमबार मुकुन्दवाडी रेलवे स्टेशनमा फेला परेको थियो ।

आन्दोलनकारीले मुम्बईमा ‘जेल भरो’ आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् । पुणेको चाकन क्षेत्र र त्यस वरपरका उस्मानावाद, सोलापुर, कोल्हापुर, नन्दुरबार र औरंगावादमा आगजनी, हिंसा र सडक जामका घटनाहरू भएका छन् । धेरै क्षेत्रमा प्रहरी कार्यालय आसपास निषेधाज्ञा जारी गरिएको छ ।

प्रदर्शनकारीले चाकन पुलिस थानालाई निशाना बनाउँदा पाँच प्रहरी घाइते भएका छन् । सबै राजनीतिक दलहरुले मराठा नेताहरुलाई शान्ति र संयमता अपनाउन आह्वान गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com