प्रेस लेखिएको मोटरसाइकलमा लागूऔषध ओसारपसार र बेचबिखन गर्ने दुई कारोबारीलाई पक्राउ गरिएको छ ।
प्रहरीले काठमाडौंबाट महानगरीय प्रहरी वृत्त जनसेवाले सोमबार प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकलसहित जनकपुरका राजकुमार चौधरी र मोहम्मद शाहिदलाई पक्राउ गरेको हो । राजकुमार चौधरीसँग मोहम्मद शाहिद भने लागूऔषध किन्न आएका थिए ।
वृत्तले जानकारी गरे अनु्सार पक्राउ परेका चौघरीले भारतीय सीमाबाट लागूऔषध काठमाडौं ल्याएर विक्री वितरण गर्दै आएका थिए । अनुसन्धानबाट चौधरीले काठमाडौंमा लागूऔषध विक्री गर्दा शंका नहोस् भनेर मोटरसाइकलमा प्रेस लेखेको खुलासा भएको छ ।
प्रहरीका अनुसरा उनका साथबाट ३५ थान लागूऔषध कोडिन फस्फेट र नगद समेत बरामद भएको छ । अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।