स्थानीय सरकारकै संलग्नतामा रामेछापको मन्थलीमा अवैद्य ढुंगा/बालुवा निकासी


प्रकाशित मिति : श्रावण १५, २०७५ मंगलबार

रामेछापको मन्थली नगरपालिका–१ स्थित तामाकोसीको किनारमा अवैद्य ढुंगा तथा बालुवा निकासीले तीव्रता पाएको छ । स्थानीय सरकारकै मिलोमतोमा ढुंगा/बालुवा निकासीले कानूनी राज्यको उपहास गर्न थालेको तर्फ कसैको ध्यान जान सकेको छैन ।

पछिल्ला वर्षहरुमा नदी किनारामा रहेका बालुवा तथा ढुंगा निकासी समस्याका रुपमा देखा पर्न थालेको छ । असार, साउन र भदौ महिनामा बाढी र कटानको जोखिम रहने भएकै कारण सरकारले ढुंगा/बालुवा निकासीलाई रोक लगाउने निर्णय गरेको थियो । तर, नदी खोल्ने नाउमा स्थानीय प्रशासन र मन्थली नगरपालिकाको मिलोमत्तोमा नै सरकारी निर्देशनको अवज्ञा भएको प्रष्टै देखिन्छ । मन्थली नगरपालिकाले मौखिक रुपमा अनुमति दिएपछि मन्थली बालुवा प्रशोधन केन्द्र मन्थलीले तामाकोसी किनारको ढुङ्गा, गिटी तथा बालुवा निकाल्ने काम गर्दै आएको छ ।

बर्षातको समयमा आएको वाढीले आसपासको वस्ती र जमीन कटान गर्न सक्ने सम्भावनालाई बढाउने भन्दै स्थानीय भने चिन्तित देखिएका छन् । निजी कम्पनीले एक्साभेटर लगाएर ट्रिफरमा ढुङ्गा, गिटी र बालुवा ओसार्ने काम गरेको छ । स्थानीय रणजोर खोला र तामाकोसी नदी मिसिएको दोभानमा खोलाले ल्याएको बगरले कोशी थुनेको कारण देखाइएको छ, ढुंगा/बालुवा निकासीका लागि । अवैध रुपमा भइरहेको नदीजन्य बस्तुको दोहनलाई नगरपालिकाले तत्कालन रोक्नु पर्ने स्थानीय राजनीतिक दलको भनाई छ ।

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेत भने विपद् न्युनिकरणका लागि ढुंगा/वालुवा निकासीका लागि अनुमति दिएको तर्क गर्छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धन्दा चलाउने उद्देश्यले नभएर नदीलाई निकास दिने उद्देश्यले मात्र नदी किनारको बालुवा निकालिएको जिल्ला समन्वय समिति रामेछाप जनाएको छ ।

निजि निर्माण कम्पनीले नदी किनारमा इनार खनेझै खाल्टो खनेर गिटी बालुवा निकाल्ने गरेका छन् । यसले डुबान र कटानको समस्या बढाउने तर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com