कमला बन्लिन् पहिलो अमेरिकी महिला राष्ट्रपति !


प्रकाशित मिति : मंसिर २, २०७३ बिहीबार

हिलारी क्लिन्टनले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न नसकेपछि पहिलो महिला राष्ट्रपति बन्ने इतिहास कमला ह्यारिसले रच्ने सम्भावना रहेको चर्चा सुरु भएको छ ।

क्यालिफोर्नियाकी चर्चित एटर्नी जनरल कमला ह्यारिसले यसपटक डेमाक्रेटिक पार्टीका तर्फबाट क्यालिफोर्नियाबाट सिनेटरमा निर्वाचित भएर क्यापिटल हिलको यात्रा तय गरेकी छिन् ।

सिनेटर कमलाले सन् २०२० को राष्ट्रपति चुनावमा पहिलो महिला राष्ट्रपतिको इतिहास रच्दै ह्वाइट हाउसको यात्रा तय गर्ने योजना बनाइसकेकी छिन् ।

क्यालिफोर्नियाको एटर्नी जनरलका रुपमा कमलाले ६ बर्ष बिताइसकेकी छिन् । सन् २०१० मा क्यालिफोर्नियाको एटर्नी जनरलको दौड जित्नु अगाडि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् ।

क्रिमिनल जस्टिस रिफर्म रेकर्डकी अभियन्ता कमलाले बैबाहिक समानताको लडाईमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् । सन् १९९२ मा चुनाव जितेकी सिनेटर क्यारल ब्राउन पहिलो अश्वेत महिला सिनेटर हुन् ।

कमलाबारे थप जान्न यहाँ क्लिक गर्नुहोला । 

कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् । कमलाकी आमा श्यामला गोपालन चर्चित स्तन क्यान्सर विशेषज्ञ हुन् । त्यसपछि उनले अमेरिकी अश्वेत जमैकन अमेरिकन डोनाल्ड ह्यारिससँग विवाहगरेपछि कमला जन्मिएकी थिइन् । यसर्थ कमला अहिले अफ्रिकन अमेरिकन र इन्डियन अमेरिकनका रुपमा चर्चित छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com