विदेश जानेहरुका लागि भोलिदेखि प्रदेशबाटै प्रहरीको सिफारिस


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

श्रम रोजगकार तथा सामाजिक विकास मन्त्री गोकर्णराज बिष्टले केहि दिन अघि गरेको घोषणा कार्यन्वयन भोली देखि हुने भएको छ । हालसम्म विदेश जाने युवाहरुले आफ्नो चारित्रिक प्रमाण पत्र लिन राजधानीको प्रहरी प्रधान कार्यालयमा धाउँदा निकै झन्झटिलो थियो भने, खर्च पनि उत्तिकै धेरै ।

त्यस्तो समस्याबाट राहत प्रदान गर्न मन्त्री बिष्टले भोली देखि नै प्रदेशस्तर बाटै सो सेवा उपलव्ध गराउन निर्देशन दिएको उनका स्वकिय सचिव गणेश श्रीपालीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएको प्रहरी संगठनको परिवर्तमा भनिएको छ– ‘नेपालीहरुलाई विदेश जाने क्रममा चारित्रिक प्रमाण पत्र अहिलेसम्म प्रधान कार्यालयबाट दिदै आईको थयो । तर अब भने त्यस्तो सास्ती कसैले नपाउन भन्नका लागि प्रदेश स्तरबाटै सो सेवा उपलब्ध हुन लागेको हो ।

यसै कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवका अनुसार ५ नम्बर प्रदेशको भैरहवाको शान्तिनगरस्थीत संघिय प्रहरी कार्यालयमा चारित्रिक प्रमाण पत्र आवेदन संकलन केन्द्र राखिने छ ।

भोली साउन १५ गते उक्त सेवा उपलव्ध हुने परिपत्रमा उल्लेख छ । प्रहरीले उक्त सेवा लिनका लागि सर्वसाधरणलाई सार्वजानिक सुचना सहित अनुरोध गरेको छ ।

बिष्टले त्यस मन्त्रालयको कार्यभार सम्हाले देखि बैदेशिक रोजागारमा जानेहरुको हक हितमा अन्य थुप्रै कार्यहरु पनि सह्रानिय गरिरहेको बैदेशिक रोजगारमा जानेहरु बताउँ छन् ।

मन्त्री विष्टले बिदेशमा मृत्यु हुनेहरुलाई विमा रकम दिलाएका छन । श्रमिकहरुको तलव बृद्धि र अवको एक वर्ष भित्रमा एक लाखलाई रोजगारी दिने तयारी भएको उनको सचिवालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com