चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

सरकारले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेशमन्त्री वाङ जुङले गर्नुभएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगै चीनका प्रधानमन्त्रीलाई समेत निम्ता दिएका छन् । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्तो पठाउँदै प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजन्ीतिक भ्रमण हुनु पनि आवश्यक छ’ उनले भने– ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आँतुर छौं ।’

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने समेत अठोट गरेका छन् । ‘हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिँदैनौ’ प्रधानमन्त्री ओलीले भने ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धिलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको समेत बताए । उनले भने– ‘सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धिलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं’ प्रधानमन्त्री ओलीले भने– ‘हामी भूपरिवेष्टित देश भएकोले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटका क्रममा उपविदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताएका छन् । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताएका छन् ।

‘सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीन बीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नुपर्दछ’ वाङले भने ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com