ललितपुरमा स्तन क्यान्सरबारे सम्मेलन हुने


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

नेपालमा स्तन र खाना नलीको क्यान्सर रोगबारे अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ ।

अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोगबारे आउँदो श्रावण १४ गतेदेखि ३ दिने सम्मेलन आयोजना गर्न लागेको हो ।

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा आयोजना हुने ३ दिने मेलामा दुवै रोगको उपचार, पुनस्र्थापना र भविष्यका आधारबारे विस्तृत जानकारी दिने व्यवस्था सम्मेलनमा हुने नेपाल मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सुनिलकुमार ढकालले जानकारी दिनुभयो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालले सम्मेलनमा नेपालका मात्रै १ सय ५० जनाभन्दा बढी क्यान्सर रोगका विशेषज्ञहरु सहभागी हुने जनाएको छ ।

सम्मेलनमा स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुःखाई व्यवस्थापनलगायतका उपचारबारे विशेषज्ञहरुबीच वृहत अन्तरक्रिया एवम् छलफल हुने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com