न्वारनको भोज खाँदा ५० जनाभन्दा बढी बेहोस


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

धादिङ जिल्लाको गजुरी गाउँपालिका–४, गैरीगाउँमा न्वारनको भोज खाँदा ५० जनाभन्दा बढी बेहोस भएका छन् ।

आइतबार गैरीगाउँ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएको स्थानीय विजय चेपाङले बताए ।

भोज खाएपछि सबैजसोलाई रिगंटा लाग्ने, वाकवाक लाग्ने र केही समयपछि नबोल्ने भएको चेपाङले बताए । खाना खाएको केही समयपछि मानिसहरु टोलाउन थालेपछि भोज खान बाँकी रहेकाहरुले भोज खान छाडेका छन् ।

सुरुमा पुरेत शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने बीरसिंह चेपाङले खाना खाएका थिए । शुक्र बहादुरलाई केही नभए पनि बीरसिंहलाई खाना खाएको आधा घण्टापछि वाकवाक लागेको र रिगंटा लागेजस्तो भएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्वारनको भोज खान करिव एक सय जनाको हाराहारीमा स्थानीय जम्मा भएका थिए ।

घटना भएपछि इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिए ।

पानी परेको र हिलो बाटो भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको तिमिल्सिनाले बताए । घटनास्थल गजुरीबजारबाट १३÷१४ किलोमिटर कच्ची बाटो हिड्नुपर्ने हुन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com