ट्रम्प कार्यकालमा ‘दाजुभाई दिदीबहिनी’ ग्रिनकार्ड पाउने नेपाली अहिलेसम्मकै बढी


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएदेखि नै अमेरिकी नागरिकताप्राप्त व्यक्तिले उनीहरुका दाजुभाई दिदीबहिनी र उनीहरुका पनि परिवारले ग्रिनकार्ड पाउनेगरी स्पोन्सर गर्न पाउने नियमको विरोध गर्दै आएका छन् । तर अमेरिकी नागरिकताप्राप्त नेपालीका दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले ग्रिनकार्ड पाउने क्रम ट्रम्प कार्यकालमा सबैभन्दा उच्च रहेको छ ।

अमेरिकामा दाजुभाईदिदीबहिनी श्रेणीको ग्रिनकार्ड पाउनका लागि नेपालीहरुलाई झण्डै १० बर्षको अवधि लाग्छ । आवेदन दिएको झण्डै १० बर्ष कुरेपछि उनीहरुले अमेरिकी ग्रिनकार्ड पाउने गर्छन् । अमेरिकी नागरिकता लिएको व्यक्तिले दाजुभाई दिदीबहिनी, उनीहरुका दम्पत्ति र बच्चाबच्चीका लागि ग्रिनकार्ड आवेदन दिन पाउने प्रावधान रहेको छ ।


आर्थिक बर्ष २०१८ सुरु भएयता नै अमेरिकी नागरिकता प्राप्त नेपालीका दाजुभाई दिदीबहिनी र दाजुभाई दिदीबहिनाीका पनि परिवारका सदस्यहरु गरी १४३ जनाले अमेरिकी ग्रिनकार्ड पाइसकेका छन् । यो ९ महिनामा जति धेरै दाजुभाई दिदीबहिनी श्रेणीको ग्रिनकार्ड ओबामा कार्यकालमा कुनै पनि बर्षमा पाएका थिएनन् ।

९ महिनाको अवधि हेर्दा जुन महिनामामात्र अमेरिकी नागरिकता पाएका नेपालीका ३० जना दाजुभाई दिदीबहिनी (उनीहरुका श्रीमान्, श्रीमति र बच्चाबच्चीसहित) हरुले अमेरिकाको ग्रिनकार्ड पाएको यहाँको विदेशमन्त्रालयले जनाएको छ । जुनमहिनामा अमेरिकी नागरिकता पाएका नेपालीका १० जना दाजुभाई दिदीबहिनी, ८ जना उनीहरुका दम्पत्ति र १२ जना बच्चाबच्चीले अमेरिकी ग्रिनकार्ड पाएका हुन् ।

मेमहिनामा यसरी भिसा पाउनेहरु जम्मा १२ जनामात्र थिए । अप्रिल महिनामा भने ३१ जना दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले ग्रिनकार्ड पाएका थिए । मार्च महिनामा १७ जना, फरबरीमा २० जना, जनबरीमा ८ जना दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले ग्रिनकार्ड पाएका थिए । आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा ७ जना, नोभेम्बरमा १ जना, डिसेम्बरमा १७ जना दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प कार्यकालको पहिलो बर्ष सन् २०१७ मा पनि २०० जना दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । त्यस अगाडि सन् २०१६ मा १३२ जनाले, सन् २०१५ मा ९९ जनाले, सन् २०१४ मा ५५ जनाले, सन् २०१३ मा ५० जनाले, सन् २०१२ मा ४७ जना दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले ग्रिनकार्ड पाएका थिए ।

ट्रम्प कार्यकालको पहिलो बर्ष सन् २०१७ मा पनि २०० जना दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । त्यस अगाडि सन् २०१६ मा १३२ जनाले, सन् २०१५ मा ९९ जनाले, सन् २०१४ मा ५५ जनाले, सन् २०१३ मा ५० जनाले, सन् २०१२ मा ४७ जना दाजुभाई दिदीबहिनी र उनीहरुका परिवारले ग्रिनकार्ड पाएका थिए ।

अमेरिकामा दाजुभाईदिदीबहिनी श्रेणीको ग्रिनकार्ड पाउनका लागि नेपालीहरुलाई झण्डै १० बर्षको अवधि लाग्छ । आवेदन दिएको झण्डै १० बर्ष कुरेपछि उनीहरुले अमेरिकी ग्रिनकार्ड पाउने गर्छन् । अमेरिकी नागरिकता लिएको व्यक्तिले दाजुभाई दिदीबहिनी, उनीहरुका दम्पत्ति र बच्चाबच्चीका लागि ग्रिनकार्ड आवेदन दिन पाउने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com