दलित बस्तीमा लगाए मुख्यमन्त्री राउतले झाडु


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

मुख्यमन्त्री लालबाबु राउतले धनुषाको लक्ष्मिनियाँ गाँउपालिका-३ बनिगामास्थित दलित बस्तीमा झाडु लगाउँदै मुख्यमन्त्री स्वच्छता

अभियानको सुभारम्भ गरेका छन्। मुख्यमन्त्री राउतले बनिगामाको कुसे मरिकको घरमा झाडु लगाउँदै स्थानीयवासीहरूलाई स्वच्छता अभियानमा जुटन आग्रह गर्दै अभियानको सुरुवात गरेका हुन्।

परड्याप्स संस्थाको तत्वाधानमा संचालित खानेपानी योजनाको शिलान्यास गर्न पुगेका मुख्यमन्त्री राउतले मरिककै घरमा चापाकलको शिलान्यास समेत गरे। मुख्यमन्त्री राउतले प्रदेश सरकार विकासका साथ साथै समाजिक रुपान्तरणलाई मुख्य आधार बनाएर अगाडि बढेमा जोड समेत दिए।

दलित बस्तीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले स्वच्छता र शिक्षा विकासको मुल आधार रहेको बताए। खानेपानी आयोजना अन्तर्गत १४२ वटा चापाकलका साथै स्वच्छतासँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गरिने भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com