पोर्चुगलमा डढेलो: मृत्यु हुनेको संख्या ६२


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

पोर्चुगलको वनमा भएको भीषण आगलागीमा कम्तीमा ६२ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।मृतकमध्ये अधिकांशको पेद्रोगाओ ग्रयाण्ड क्षेत्रबाट सुरक्षित स्थलतर्फ भाग्ने क्रममा कारभित्रै जलेर ज्यान गएको जनाइएको छ।

मृतकमध्ये चार जना बालबालिका छन्।वन डढेलो तीव्र गतिमा फैलिरहेको छ र त्यसलाई नियन्त्रणमा लिन सयौं अग्निनियन्त्रक खटिएका छन्।प्रधानमन्त्री एन्टोनियो कोस्टाले वन डढेलोको सन्दर्भमा पछिल्लो घटना सबैभन्दा ठूलो वियोग भएको बताएका छन्।

धेरै मानिस सम्पर्कविहीन रहेकाले मृतकहरुको संख्या बढ्न सक्ने भन्दै प्रधानमन्त्रीले सचेत गराएका छन्।

शोक

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरुले आइतबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन्।आन्तरिक मामिलासम्बन्धी एक उच्चअधिकारी जर्जी गोमेसले अधिकांश मानिसको मृत्यु धुवाँमा निस्सासिएर र जलेर भएको बताएका छन्।

उनले ३० वटा शव कारभित्रै फेला परेको बताए।जंगल छेउको प्रमुख बाटो नजिक पर्ने गाउँमा पनि हताहती भएको छ।मृतकहरुमध्ये केही अग्निनियन्त्रकसमेत रहेको बताइएको छ।

कारण
आगलागीको कारण प्रस्ट भएको छैन।तर प्रधानमन्त्रीले चट्याङ एउटा प्रमुख कारण हुन सक्ने बताएका छन्।पोर्चुगलमा अहिले उच्च तापक्रम रहेकाले त्यसका कारण डढेलो फैलिन मद्दत पुगिरहेको ठानिएको छ।

कतिपय स्थानमा ४० डिग्री सेल्सियससम्मको तापक्रम छ।स्पेन र युरोपेली आयोगले आगलागी नियन्त्रणका लागि पोर्चुगललाई सघाइरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com