सरकारको काम अझै एक वर्ष हेरौं, आलोचना गर्ने बेला भएको छैनः टोपबहादुर रायमाझी


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारकोलागि रोडम्याप पर्याप्त नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अहिले आएको चिकित्सा शिक्षा विद्येयकले सबै समस्याको हल गर्दैन् ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले मुलुकको समग्र समृद्धिको रोडम्यापको आवश्यकत्ता रहेको पनि औंल्याए । उनले भने, ‘अहिले हामीले स्वास्थ्य शिक्षाको मात्रै कुरा उठाउनुहुँदैन । समग्र मुलुकको समृद्धिको रोडम्याप चाहिएको छ । त्यतातिर सबैको ध्यान जानुपर्छ ।’
नेपालका निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेरमात्रै नहुने उनको धारणा छ । उनले भने, ‘उपत्यकाभित्र वा बाहिर मेडिकल कलेज खोल्ने वा नखोल्ने कुरा अहिलेको सवाल होईन । सवाल त उत्पीडित जनताले सर्वशुलभ उपचार गर्न पाउने कुरा मुख्य विषय हो ।’

उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण वा निजीकरण नभई व्यवसायीकरण गराउनुपर्ने बताए । उनले भने, ‘नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवसायीकरण गर्नुपर्छ । विदेशीहरुको लागि पनि नेपाल हब बन्न सक्छ । तर यसको लागि सरकारी र निजी दुवै क्षेत्रबीच प्रतिष्पर्धा हुनुपर्छ ।’
उनले सरकार र गोविन्द केसीबीच भएको हालैको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए ।

फरक प्रसँगमा अहिले नै सरकारको कामकारबाहीमाथि प्रश्न उठाउने बेला नभएकोपनि उनको दाबी छ । उनले भने,‘अझै एक वर्ष सरकारको काम हेर्नुपर्छ । सरकारले राम्रो काम गर्ने कोशिस गरिरहेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com