३६ लाख रुपैयाँ घुस , सडक डिभिजनका हाकिम श्रीमतीसहित पक्राउ


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरेको हो। ३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो। बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको छ।

उनको श्रीमतीलाई हैटौडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो। घुसको पैसा लिएर वीरगंजस्थित घरमा जाने क्रममा बाटैमा उनी पक्राउ परेकी हुन्।

सडक निर्माणको बिल भुक्तानीका लागि उनले ठेकदारसँग मोटो रकम असुलेका हुन्। सूचनाका आधारमा आयोगले उनलाई श्रीमतीसहित पक्राउ गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com