पोर्चुगलसँग मिलेर मानव तस्करी रोक्छौंः परराष्ट्रमन्त्री


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्ने बताएका छन् ।

युरोपेली मुलुक पोर्चुगलका उच्चपदस्थ अधिकारीहरुसँगको भेटघाटपछि मन्त्री ज्ञवालीले मानव तस्करहरुको शिकार हुनबाट नेपालीलाई जोगाउनु पर्ने बताए ।

‘मानव तस्करहरुले सोझासाझा नेपालीहरुको गरिबी र अज्ञानताबाट फाइदा लिइरहेका छन्’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यसलाई रोक्न दुवै सरकारले मिलेर काम गर्नेछ ।’

मन्त्री ज्ञवालीले सरकारी प्रयासले मात्रै यस्ता प्रवृत्तिहरु नियन्त्रणमा आउन नसक्ने भन्दै प्रवाससमा रहेका एनआरएनलगायत नेपाली संघ–संगठनले पनि खबरदारी गर्नुपर्नेमा जोड दिए ।

पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भासँग बुधबार उनले भेटबार्ता गरेका मन्त्री ज्ञवालीले नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौता पत्रमा हस्ताक्षर भएको समेत जानकारी दिए।

नेपाल र पोर्चुगलबीचमा दुई पक्षीय परामर्श संयन्त्र बनाउने उद्देश्य राखेर आफूले भ्रमण गरेको जानकारी दिँदै उनले नियमित बैठकमार्फत् व्यापार लगानी, भाषा र संस्कृतिको आदानप्रदानलगायत विषयमा हुने जानकारी दिए ।

पोर्चुगलको कृषिमा पसिना बगाइरहेका नेपालीहरुको श्रम सम्झौता गरेर त्यसबाट फाइदा लिनुपर्नेमा उनको जोड छ ।

मन्त्री ज्ञवालीले पोर्चुगलका विदेशमन्त्रीलाई समेत नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिए ।

युरोप भ्रमणका रहेका मन्त्री ज्ञवाली लक्जम्वर्गमा आइतबार शुरु हुने एनआरएनको युरोपेली बैठकको उदघाटन गर्दैछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com