विमानमा मृत शिशु भेटिएपछि युवती पक्राउ


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

भारतमा आन्तरिक उडान गर्दै गरेको एउटा विमानमा नवजात शिशु मृत अवस्थामा भेटिएपछि एउटी १९ वर्षीया युवतीलाई पक्राउ गरिएको छ।

बिहीवार गुवाहटीबाट नयाँ दिल्ली उडेको सो विमानमा कर्मचारीहरूले अवतरण गर्ने समय हुनलाग्दा मृत शिशु फेला पारेका थिए।

उनीहरूले सबै महिला यात्रुहरूलाई त्यसबारे सोधेपछि ती युवतीले आफूले बच्चा जन्माएको स्वीकारेकी थिइन्।प्रहरीका अनुसार उनले आफू गर्भवती भएको थाहै नभएको बताइन्।

अनुसन्धान हुँदै

विमानस्थलमा खटिएको प्रहरीले सो घटनाबारे अनुसन्धान गर्न थालेको बताएको छ।

वरिष्ठ प्रहरी अधिकारी सञ्जय भाटियाले बीबीसीलाई बताएअनुसार ती युवतीले विमानको शौचालयमा साढे सात महिनाको भ्रूण जन्माएर भुइँमा त्यत्तिकै छोडिदिएकी थिइन्।शिशुको मृत्युको कारण जान्न प्रहरीले शवपरीक्षणको विवरण कुरिराखेको उनले बीबीसलाई बताए।

“यसबारे हामी थप कुरा पत्ता लगाउनेछौँ र विवरण प्राप्त भएपछि आवश्यक कारबाही गर्नेछौँ,” उनले भने।दक्षिण कोरिया हिँडेकी ती तेक्वान्दो खेलाडीलाई अर्को विमान चढ्न दिइएन।एअर एशियाले एउटा विज्ञप्ति प्रकाशित गरी सो घटनाका कारण उडानमा अवरोध भएकाले अरू यात्रुहरूसँग क्षमा याचना गरेको छ।

उसले अनुसन्धानमा सम्बन्धित निकायलाई सघाउने वचन पनि दिएको छ।प्रहरीले ती युवतीको असममा बस्ने परिवारसँग सम्पर्क गर्ने प्रयास गरेको बुझिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com