मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ-प्रधानमन्त्रीओली


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधि मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सोही नीतिअनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरिएको प्रधानमन्त्री ओलीले बताए । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठुलो धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शून्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

‘गत बर्ष मन्त्रालयगत रुपमा कति कर्मचरी विदेश गएका छन्, त्यसवापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु’ प्रधानमन्त्री ओलीले भने– ‘साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतिबारे समिक्षा हुन्छ ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि कडाइ गरेको बताए । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई विभिन्न बिषयमा ध्यानाकर्षणपत्र बुझाएको छ । प्रतिनिधि मण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनुपर्ने, बिषयगत कार्यलयको हस्तान्तरण गर्नुपर्ने, एकिकृत सम्पति करको निरन्तरता, जनप्रतिधिहरुको सुरक्षाको प्रत्याभूति लगायत १६ बुदें ध्यानाकर्षण पत्र बुझाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com