पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

भूकम्पपछिको पुनःनिर्माणका लागित भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराइएको हो। त्यस अवसरमा राजदूत पुरीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने वर्तमान सरकारको लक्ष्य प्राप्तिमा भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

दुई देशबीच भएका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्न भारत दृढ रहेको पुरीको भनाई थियो। कार्यक्रममा सचिव खनालले पुनःनिर्माणलगायत शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि भारत सरकारले उल्लेख्य सहायता उपलब्ध गराएको स्मरण गरे। (

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com