मंगल ग्रह १५ वर्षपछि पृथ्वीको सबैभन्दा नजिक


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

शुक्रबार मंगल ग्रहलाई नजिकबाट हेर्न पाइने भएको छ । शुक्रबार नै विश्वभर पूर्ण चन्द्रग्रहणको अदभूत दृष्य पनि अवलोकन गर्न पाइने छ ।

१५ वर्षपछि पहिलो पटक मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको हो । पृथ्वी र मंगल ग्रहबीचको दुरी केबल ५ करोड ७६ लाख किलोमिटर हुनेछ । मंगल ग्रह जब पृथ्वीको नजिक आउने छ तब यो अरु दिनको तुलनामा ज्यादा चम्किलो देखिने छ ।

शुक्रबार सूर्य अस्ताएलगत्तै पूर्वबाट मंगल ग्रह उदाउन शुरु हुनेछ । यसलाई दुरबिनको प्रयोग नगरी नांगो आँखाले स्पष्ट देख्न सकिने छ । मंगल ग्रहलाई रातभर अवलोकन गर्न सकिने खगोलविदहरुको भनाइ छ ।

शुक्रबार पृथ्वी, सूर्य र चन्द्रमा तीनओटै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यसलाई ‘अपोजिसन’ भनिन्छ । मंगल ग्रहमा यस्तो अपोजिसनको घटना प्रत्येक दुई वर्ष दुई महिनामा हुने गर्छ । अब यस्तो अपोजिसन सन् २०२० मा हुनेछ । नासाका अनुसार यस दिन मंगल गृह पृथ्वीको सबैभन्दा नजिक आउने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com