सहमतिसँगै नियमित सेवामा फर्किए देशभरका चिकित्सक


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

गोविन्द केसीको समर्थनमा ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका देशभरका चिकित्सक आजबाट नियमित काममा फर्किएका छन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा.केसी र सरकारबीच बिहीबार बेलुका सहमति भएपछि शुक्रबारेदेखि चिकित्सकहरू आ-आफ्नो काममा फर्किएका हुन्।

शुक्रबार बिहानैबाट सबै स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी नियमित सेवामा खटिएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए। नेशनल रेसिडेन्ट डाक्टर्स एसोसियसनले पनि आजदेखि सबै डाक्टर काममा फर्किएको जनाएको छ।

पटक-पटकको वार्तापछि काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोल्न सरकार सहमत भएपछि २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीले बिहीबार राति अनशन तोडेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकार र डा. केसीबीच उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौबुँदे सहमित भएको छ।

‘यो ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टर र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिने छैन’, सहमति पत्रमा भनिएको छ।

यसैगरी एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजका लागि सम्बन्धन नदिने सहमति भएको छ। यसअघि नै सम्बन्धन दिइसकेका शिक्षण संस्थामा भने यो प्रावधान लागू नहुने उल्लेख गरिएको छ।

मेडिकल कलेजहरूले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र यो सुविधा वृद्धि गर्दै लैजानुपर्ने पनि सहमति भएको छ।

मेडिकल कलेज सञ्चालन गर्नेहरूले तीन वर्षसम्म आफ्नै अस्पताल सञ्चालन गरेको हुनु पर्ने सहमति पत्रमा भनिएको छ। केसी पक्षले यो सहमतिबाट धेरैजसो माग पूरा भएको बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com