काठमाडौंबाट स्याङजा हिंडेको बस त्रिशुलीमा खस्दा ७ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र एक बच्चा रहेको बताईएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताएअनुसार बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको हो ।

ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक अापसमा ठोक्किदा बस खसेकाे उनले बताए।

हाल यात्रुहरुको उद्धार जारी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com