प्रहरी पोष्ट पहिरोले पुर्‍याे, १२ जना घाइते


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।

पहिरोमा परी आठ÷दश जना बेपत्ता भएको अनुमान गरिएको छ । गएराति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो ।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com