खाडीमा ‘बेच्न लागिएका’ १६ नेपाली महिलाको दिल्लीबाट उद्धार


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

भारत हुँदै अवैध रूपमा कुवेत र इराक पठाउन लागिएका १६ नेपाली महिलालाई नयाँ दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको दिल्ली महिला आयोगकी अध्यक्षले बताएकी छन्।

चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने केआई नेपाल नामक संस्थाका सदस्यहरूले दिएको सूचनाका आधारमा नयाँ दिल्लीको मुनिरका भन्ने स्थानबाट उनीहरूलाई मङ्लवार मध्यरातपछि उद्धार गरिएको हो।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले बीबीसी नेपाली सेवासँग टेलिफोनमा कुरा गर्दै बुधवार भनिन्, “नेपाली संस्थाबाट आएको सूचनाका आधारमा हामीले प्रहरीको सहयोग लिई कुवेत र इराकमा बेच्न पठाउन लागिएका १६ नेपाली महिलाहरूलाई उद्धार गरेका छौँ।”

उद्धार गरिएका सबै महिलाको उमेर १८ देखि २२ वर्षसम्म रहेको उनले बताइन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com