पवन बने दाेहाेराे शतक बनाउने विश्वकै दोस्रो यु-१९ ब्याट्सम्यान


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

श्रीलंका विरुद्धको दोस्रो यु–१९ टेस्ट क्रिकेटमा भारतका पवन शाहले दोहोरो सतक प्रहार गरेका छन् ।

यु–१९ मा दोहोरो सतक प्रहार गर्ने पवन विश्वको दोस्रो तथा भारतको पहिलो व्याट्सम्यान समेत भए ।

हम्बनटोटामा जारी युवा टेस्ट क्रिकेटमा पवन शाहले आज २८२ रन बनाएका हुन् । पूणेमा जन्मिएका शाहले १२ बर्ष अघि भारतीय खेलाडीले बनाएको रेकर्ड पनि तोडेका छन् ।

उनले उत्तर प्रदेशका तन्मय श्रीवास्तवको नाममा रहेको २२० रनको रेकर्ड तोडेका हुन् । श्रीवास्तवले पाकिस्तान विरुद्ध स्न २००६ मा यो रेकर्ड बनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो दिन १७७ रनमा नट आउट रहेका शाहले दोस्रो दिन दोहोरो सतक बनाएका हुन् । तेहोरो सतक बनाउन १८ रन बाँकी रहेका बेला आउट भएका उनले २८२ रन जोडे । ३३२ बल खेलेका शाहले ३३ चौका र एक छक्का प्रहार गरे ।

यु– १९ टेस्टमा अष्ट्रेलियाका के क्लिंटन पीकेले सर्वाधिक रन बनाएका थिए । उनले १९९५ मा भारत विरुद्ध ३०४ रन नटआउट जोडेका थिए । जुन युथ टेस्टमा अहिले सम्मकै एकामात्र तेहेरो सतक हो ।

शाहको उत्कृष्ट व्याटिङसँगै भारतले ६१३ रन बनाएर पारी समाप्त भएको घोषणा गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com